Media Network

रोकिएन सेयर बजारको पहिरो, ३७.२७ अंकले घट्यो नेप्से


खबरस्टोरी संवाददाता

५ असार २०७९,आईतवार

काठमाडौं।  नेप्सेमा भिषण पहिरो गएको छ । साताको सुरुवाती कारोबार दिन आइतबार नेप्से ३७ दशमलव २७ अंकले घटेर १९ सय ३४ दशमलव ११ अंकमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव २९ अंकले घटेर तीन सय ७३ दशमलव ८५ अंकमा खुम्चिएको छ ।

नेप्सेमा आज दुई सय २३ वटा कम्पनीहरुको २७ हजार छ पटकको कारोबारमा ३६ लाख ६६ हजार आठ सय ९१ कित्ता सेयर किनबेच भएका छन् । जसबाट आज कुल सेयर कारोबार रकम एक अर्ब १३ करोड ४० लाख ९१ हजार दुई सय १२ रुपैंयाँ पुगेको छ । नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा समेत गरी १३ वटै समुहहरुको सुचक घट्दा नेप्से पुरै रातो भएको छ । 

कारोबार भएका कम्पनीहरु मध्उे आज आँधिखोला लघुवित्त वित्तीय संस्था, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था, बिशाल बजार कम्पनी आदिले कमाएपनि रिभर फल्स पावर लिमिटेड, कालिका माईक्रो क्रेडिट लघुवित्त वित्तीय संस्था आदिले गुमाएका छन् । यसैगरी आज नेपाल टेलिकम, सेञ्चुरी कर्मसियल बैंक, एनसीसी बैंक आदिको भने बढी रकम कारोबार भएका छन् ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद