यो योजना दुई वर्ष वा सो भन्दा कम समय व्यतित भएका बीमालेखमा मात्र लागू हुनेछ । यसका साथसाथै, बीमालेख अवधिभित्र एक पटक मात्र व्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । उक्त पुनर्जागरण अभियान यही २०७९ साल जेष्ठ २० गते देखि आषाढ १५ गतेसम्म संचालन हुनेछ र आफ्नो व्यतित भइसकेका बीमालेखहरु बिलम्ब शुल्क बिना नै नवीकरण गरी आफ्ना ग्राहकहरुलाई सुनौलो मौकाको फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ । साथै, बीमालेख पुनर्जागरण गर्दा स्वास्थ्य परिक्षण गर्नुपरेमा मेडिकल फी कम्पनीले व्यहोर्ने छ ।
हरेक नेपालीलाई बीमाको दायराभित्र ल्याई उनीहरु र उनीहरुसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बीमा अनिवार्य रहेको छ । अतः यसै कुरालाई मध्यनजर गरी रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहक वर्गको जीवन सुरक्षाको महत्वलाई मध्यनजर गरी बीमालेख पुनर्जागरण अभियान संचालन गरेको कम्पनीले जनाएको छ ।