Media Network

रिलायन्स लाइफ र सानिमा लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता


खबरस्टोरी संवाददाता

२९ असार २०७९,बुधबार

काठमाडौं । रिलायन्स लाइफ र सानिमा लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौंता भएको छ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको बुधबार बिहान बसेको सञ्चालक समितिको १०८ औँ बैठकले रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रकोे मस्यौदा स्विकृत गरेको छ । 

बैठकले मर्जर सम्वन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न तथा आवश्यक सम्पूर्ण प्रक्रिया सम्पन्न गर्नका लागि कम्पनीका सञ्चालक समितिका सदस्य भरत कुमार तोदीलाई अख्तियारी प्रदान गर्ने तथा बीमा समिति लगायत सम्बन्धित निकायहरुमा आशयपत्र पेश गर्ने निर्णय गरेको छ । 

सोही अनुसार बुधबार बिहान नौं बजे मेरियट होटल, नक्साल, काठमाडौँमा एक समारोहकाबीच रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडबीच एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रारम्भिक समझदारीपत्रमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट सञ्चालक भरतकुमार तोदी र सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट सञ्चालक घनश्याम थापाले हस्ताक्षर गरेका छन् । 

दायित्व तथा सम्पत्ति मुल्यांकन पश्चात् अन्यथा नभएमा १ः१ को स्वाप रेशियो कायम गर्ने प्रारम्भिक सहमति गरिएको छ । उक्त समारोहमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल र सानिमा लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अगम मुखियाको सहभागिता रहेको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद