Media Network

१०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीमा पनि वृद्धि


खबरस्टोरी संवाददाता

२१ असार २०७९,मंगलवार

काठमाडौं। आज मंगलबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोलामा एक सय रुपैयाँले बढ्दै ९७ हजार ६०० रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँले बढ्दै एक हजार २०५ रुपैयाँ पुगेको हो ।

 यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक सय रुपैयाँले नै बढ्दै ९७ हजार एक सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

 



Share:
Reaction :
ताजा समाचार
खेलकुद