Media Network

रुस र युक्रेनबीचको द्वन्दका कारण सेयर बजारमा भारी गिरावट


खबरस्टोरी संवाददाता

१० फाल्गुन २०७८,मंगलवार

काठमाण्डौ । रुस र युक्रेनबीच जारी द्वन्दका कारण विश्व सेयर बजारमा भारी गिरावट आएको छ। भर्खरै मात्र कोरोना महामारीबाट केहि उकालो लाग्दै गरेको अर्थतन्त्रलाई फेरि एकपटक धक्का लाग्न सक्ने आकँलन गरिएको छ । 

यी दुई बीचको तनावकै कारण एस एन्ड पी ५०० मा १.५ प्रतिशतको गिरावट आएको छ । डाउ जोन्स पनि १.३ प्रतिशत र नास्डक १०० ई–मिनी फ्युचर्स २.४ प्रतिशतले ओरालो लागेको छ।यस्तै युरोपेली सेयर बजारमा गिरावट आइरहेको छ। जर्मनीको ड्याक्स इन्डेक्स र फ्रान्सको सीएके–४० मा २ प्रतिशतको गिरावट आएको छ। 

उता जापानको निक्की २२५ परिसूचक २ प्रतिशतले घटेको छ । अर्कोतर्फ दक्षिण कोरियाको कोस्पी पनि बजार खुलेसँगै १.४ प्रतिशतले घटेको छ।पूर्वी युरोपमा बढ्दो तनावका कारण तेलको भाउ बढ्ने र आपूर्ति ऋंखलामा पनि नराम्रो असर पर्ने देखिएको छ। 




Share:
Reaction :
ताजा समाचार
खेलकुद