Media Network

रुस-युक्रेन युद्धको असर : कच्चा तेलको मूल्य उच्च बिन्दुमा


खबरस्टोरी संवाददाता

१८ फाल्गुन २०७८,बुधबार

काठमाडौं । रुस र युक्रेनबीचको बढ्दो तनावका कारण कच्चा तेलको मूल्यमा उछाल आएको छ। आयाल प्राइस डटकमले जनाए अनुसार मंगलबार ब्रेन्ट कच्चा तेलको मूल्य एकैदिन झण्डै चार प्रतिशतले बढेर ११ वर्ष यताकै उच्च बिन्दुमा पुगेको छ ।

हाल  ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल १०९.६ सेन्ट डलर पुगेको छ । जुन १ मार्च २०११ को भन्दा १.२ डलरले कम हो । सो दिन प्रति ब्यारेल ब्रेन्ट कच्चा तेलको मूल्य डलर ११०.४ सेन्ट थियो ।

युद्धका कारण विभिन्न देशले रसियामाथिको प्रतिबन्ध बढाउँदै लगेपछि रसियाबाट निर्यात हुने कच्चा तेल र ग्याँसको आपूर्ति शृंखलामा असर पर्ने अनुमान गरिएको छ ।

त्यस्तै रुसले युक्रेनी पृथकतावादीहरुको नियन्त्रणमा रहेको दुई क्षेत्रलाई मान्यता दिएको छ र आफ्नो सेनालाई ती क्षेत्रमा पठाउन आदेश दिएको छ। रुसको यो निर्णयपछि बेलायत र अन्य धेरै पश्चिमी देशले रुसमाथि प्रतिबन्ध लगाउने चेतावनी समेत दिएका छन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद