Media Network

राष्ट्र बैंकबाट जारी ३ विकास ऋणपत्र नेप्सेमा सूचीकृत


खबरस्टोरी संवाददाता

९ फाल्गुन २०७८,सोमबार

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल सरकारको ३ वटा विकास ऋणपत्र सूचीकृत भएको छ।

नेप्सेमा नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकबाट निष्कासित विकास ऋणपत्र २०८० ‘ङ’, २०८२ ‘ङ’ र २०८० ‘च’ सूचीकृत भएका हुन्। यी ऋणपत्र क्रमशः २, ४ र २ वर्षका हुन्।राष्ट्र बैंकले रु. १० अर्बको विकास ऋणपत्र २०८० ‘ङ’ गत माघ १२ गते निष्कासन गरेको थियो। यसको साँवा भुक्तानी २०८० माघ १२ गते हुनेछ। यसै गरी राष्ट्र बैंकले रु. १० अर्बको विकास ऋणपत्र २०८० ‘ङ’ गत माघ १७ गते निष्कासन गरेको थियो। यसको साँवा भुक्तानी २०८२ माघ १७ गते हुनेछ। 

त्यस्तै केन्द्रीय बैंकले रु. ९ अर्ब ५० करोडको विकास ऋणपत्र २०८० ‘च’ गत माघ २६ गते निष्कासन गरेको थियो। यसको साँवा भुक्तानी २०८० माघ २६ गते हुनेछ। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद