Media Network

राष्ट्र बैंकले मंगलबार १५ अर्बको बिकास ऋणपत्र जारी गर्दै


खबरस्टोरी संवाददाता

२४ जेष्ठ २०७९,मंगलवार

काठमाडौ । नेपाल राष्ट्र बैकले मंगलबार १५ अर्ब रुपैंयाँको बिकास ऋणपत्र जारी गर्ने भएको छ । मंगलबार चार वर्षे अवधिको बिकास ऋणपत्र २०८३ “छ” (४ वर्षे) जारी गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । ऋणपत्र खरिदको लागि बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले मंगलबार अपरान्ह ३ बजेसम्म आवेदन दिन सक्नेछन् । 

निष्काशन मिति २०७९ जेठ २५ गते र सावाँ भुक्तानी मिति २०८३ जेठ २५ तोकिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाइने छ । ऋणपत्रमा अर्धबार्षिकरुपमा व्याज भुक्तानी हुुने र उक्त ऋणपत्रको आर्जित व्याजमा भने कर लाग्ने राष्ट्र बैंकको भनाई छ । 

इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने छन् भने बिक्री गरिने कुुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् १२ अर्ब ७५ करोड र दुई अर्ब २५ करोड छुट्ट्याइएको छ । 

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने राष्ट बैंकले जनाएको छ । 

खरीद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने छ ।  

राष्ट्र बैककाे बिकास ऋणपत्र जारी गर्ने सूचनाः



Share:
Reaction :
ताजा समाचार
खेलकुद