जारी मिती जेठ २४ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने छन् । राष्ट्र बैंकका अनुसार यसरी बिक्री गरिने कुल ट्रेजरी मध्ये ९१ दिने अवधिको चार अर्ब २६ करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको छ अर्ब ८३ करोड रुपैंयाको रहेको छ । यस अन्तर्गत पुरानो नविकरणतर्फ १६ अर्ब नौं करोड र बाँकी पाँच अर्ब रुपैंयाँको रहेको छ ।
यि ट्रेजरी बिलहरुको परिपक्व हुने अवधि भने क्रमश २०७९ भदौ २१ गते, २०७९ भदौं २० गते र २०८० जेठ २३ गते तोकिएका छन् । गत साता पनि राष्ट्र बैंकले २३ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।