रकम लगानीको लागि राष्ट्र बैंकले आज मंगलबार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुसंग राष्ट्र बैंकले प्रस्ताव आव्हान गरेको हो । रकम लगानीको लागि जेठ १३ गते अपरान्ह पाँच बजेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत उल्लेख गरी राष्ट्र बैंकको लघुवित्त संस्था सुपरीवेक्षण बिभागमा आवेदन दिनु पर्ने छ ।
राष्ट्र बैंकका अनुसार रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको हुनुपर्ने लगायतका न्युनतम शर्तहरु तोकिएका छन् ।