राष्ट्र बैंकद्वारा ८० करोड रुपैयाँको संस्थागत निक्षेप लगानीको प्रस्ताव


खबरस्टोरी संवाददाता
५ असार २०७९, आईतवार
राष्ट्र बैंकद्वारा ८० करोड रुपैयाँको संस्थागत निक्षेप लगानीको प्रस्ताव
काठमाडौँ। नेपाल राष्ट्र बैंकले ८० करोड रुपैयाँ बराबरको संस्थागत निक्षेप लगानीको प्रस्ताव माग गरेको छ । राष्ट्र बैंकले आज आईतबार बैंक तथा फाईनान्स कम्पनीहरुसँग आाफ्नो पेन्सन तथा उपदान कोषमा रहेको उक्त रकम लगानीको लागि प्रस्ताव मागेको हो । 

तीन सय ६५ दिने मुुद्धती निक्षेपकोरुपमा रहेको उक्त रकमको लगानी अवधि २०७९ असार २२ गतेदेखि २०८० असार २० गतेसम्मको लागि तोकिएको राष्ट्र बैंकको भनाई छ । लगानीको लागि छुट्याइएको कुल रकम मध्येमा मध्येमा बाँणिज्य बैकहरुको लागि ६४ करोड, बिकास बैंकहरुको लागि १२ करोड र फाईनान्स कम्पनीहरुको लागि चार करोड रुपैंैयाँ रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । 

रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाईनान्स कम्पनीहरुले यही असार सात गते अपरान्ह चार बजेसम्म नेपाल राष्ट्र बैंकमा आफुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर निवेदन दिनुपर्ने छ । 

प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने लगायतका न्युनतम सर्तहरु तोकिएका छन् ।