राष्ट्र बैंकद्वारा नगद मार्जिन सम्बन्धि एकीकृत परिपत्र संसोधन


खबरस्टोरी संवाददाता
२७ जेष्ठ २०७९, शुक्रबार
राष्ट्र बैंकद्वारा नगद मार्जिन सम्बन्धि एकीकृत परिपत्र संसोधन
काठमाडौं । नगद मार्जिन सम्वन्धी एकीकृत परिपत्र २०७८ लाई नेपाल राष्ट्र बैंकले संसोधन गरेको छ । बिहिबार बाँणिज्य बैंक र राष्ट्रियस्तरको बिकास बैंकहरुको नाउँमा परिपत्र जारी गर्दे नगद मार्जिन सम्वन्धी व्यवस्थालाई संसोधन गरेको जानकारी दिएको हो । 

बिदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी एकीकृत परिपत्र २०७८ मा संसोधन गरिएको र यो व्यवस्था अनुसार सुपारी, मरिच, केराउ र छोकडा आयातमा यसअघि कायम रहेको शतप्रतिशत नगद मार्जिनको व्यवस्था पुर्णरुपमा हटेको राष्ट्र बैंकले जानकारी दिएको छ ।    

राष्ट्र बैंककाे परिपत्रः