Media Network

रोयल इनफिल्डको बिक्रीको लागि अल्फा अटोमोटिभले पायो नेपालभर बिक्रीको अनुमती


खबरस्टोरी संवाददाता

२७ चैत्र २०७८,आईतवार

काठमाडौं। बिश्वको एक मात्र पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता त्रिवेणी समुह अन्तर्गतको अल्फा अटोमोटिभ प्रा. ली. ले नेपाल भर बिक्री अनुमती पाएको छ । कम्पनीले आफ्नो बिक्री सर्भिस एवं सञ्जाल विस्तार कार्य सुरु गरिरहेको जानकारी दिएको छ ।  

प्रमोद श्रेष्ठ, जोगुफीको नामबाट प्रख्यात रहेका छन् । उनलाई कम्पनीको कार्यकारी निर्देशक हर्ष संघाइद्वारा सम्मान गरिएको छ । प्रमोद श्रेष्ठ रोयल इनफिल्डको अनुभवी र एकमात्र सबैभन्दा खारिएको राइडर हुन । उत्साही, साहसिक यात्रा गर्न रुचि राख्ने प्रमोद लेरोयल इनफिल्ड मोटरसाइकलबाट म्यानमार, तिब्बत, भुटान र इंडियाको सफल यात्रा गरिसकेका छन् । सन् १९९५ मा २२ घण्टा २८ मिनेटको समयाअवधिमा रोयल इन्फिल्ड ३५० सि.सि.बाट पूर्व–पश्चिम राजमार्ग (मेची–महाकाली) चलाएर यात्रा गरी क्रीतिमान समेत कायम गरेका छन् । 

बिभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहनु भएका प्रमोद श्रेष्ठद्वारा यही अप्रिल २०२२ मा हुन गइरहेको सगरमाथा आरोहण ८८४८ बालिकालाई बालबिबाह विरुद्ध शिक्षा अभियानलाई सफल बनाउनका लागि अल्फा अटोमोटिभ प्रा. ली. ले त्रिवेणी ग्रुपको कार्यलयमा एक कार्यक्रम आयोजना गरेर पाँच लाख रुपैयाँको चेक हस्तानतरण गरेको छ साथै उक्त कार्यक्रममा रोयल इनफिल्डको झण्डा समेत सगरमाथाको शिखरमा पुर्याउनका लागि हर्ष संघाइबाट हस्तान्तरण गरे । उनको सफल आरोहणका लागी अल्फा अटोमोटिभ प्रा. ली.हृदय देखि शुभकामना दिएको जानकारी दिएको छ ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद