रियलमीले विश्वको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन रियलमी जिटी नियो ३ सँगै सबैभन्दा प्रिमियम फ्लागिशिप रियलमी जिटी २ प्रो ल्याउन लागेको छ । गतवर्ष सार्वजनिक भएको रियलमी जिटी नियो २ प्रो को सफलतापछि रियलमी जिटी ३ प्रो सार्वजनिक गर्न लागेको हो ।
जिटी नियो ३ विश्वको र नेपालको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन हुनेछ । १५० वाट अल्ट्रा डार्ट चार्जले मात्र ५ मिनेटमा शुन्य दशमलव ५० प्रतिशत चार्ज गर्छ । जिटी नियो ३ को साथसाथै, रियलमी जिटी २ प्रोे पनिआफ्नोनविनता र उत्कृष्टता झल्काउँदै सार्वजनिक हुनेछ ।
रियलमी जिटो नियो ३
आधुनिक जीवनको साथमा, हालका प्रयोगकर्ताहरुसँग स्मार्टफोनका सुविधाहरुमा उच्चस्तरको शक्ति, नियन्त्रण र प्रदर्शन छ, यसले प्रयोगकर्ताहरुलाई एकै समयमा सक्रियरुपमा धेरै कार्य गर्न र उनीहरुको दैनिक तालिका नियन्त्रण गर्न सक्षम बनाउँछन् ।
यी आवश्यकताहरुबारे ग्राहकको गहिरो बुझाइका साथ, जिटी नियो मिडिया टेक डाइमेन्सिटी ८१०० मोबाईल प्लाटफर्म सँगसँगै स्वतन्त्र डिस्प्ले चिप र अल्ट्राडार्ट १५० वाट फास्ट चार्जिङ प्रविधिसहित सुसज्जित छ ।
अल्ट्रा–डार्ट १५० वाट फास्ट चार्जिङ
यो फोनमा १५० वाट फास्ट चार्जिङलाई सपोर्ट गर्ने ४,५०० एमएएच् ब्याट्री छ । फास्ट चार्ज गर्ने प्रविधिलाई सुरक्षा र सुविधाहरुको धेरैतहहरु ब्याक अप गरिएको छ र टीयूभी राईनल्याण्ड सेफ फास्ट चार्जिङद्वारा प्रमाणित छ ।
रियलमीले १६०० चार्ज साइकलपछि ब्याट्रीले आफ्नो मूलक्षमताको ८० प्रतिशत राख्ने दाबी गरेको छ । धेरै जसो प्रतिस्पर्धाले ८०० चार्ज चक्र पछि ८०% ब्याट्री क्षमताको दाबी गर्दछ । यसले सुस्त चार्जिङ गति प्रदान गर्दछ । रियलमी जिटो नियो २, ६ महिनापहिले ६०० हर्ज टच प्रतिक्रिया रेट प्रदान गर्ने पहिलो फोनहरु मध्ये एक थियो । नयाँ जिटी ३ ले आफ्ना प्रयोगकर्ताहरुलाई उच्च प्रतिक्रिया दिनको लागि १००० हर्ज (जिटी मोडमा) बढाउँछ । यो १२० हर्ज रिफ्रेस रेटको साथ ६.७ ईन्च एफएचडी अमोल्ड डिस्प्ले हो ।
आई–पपिङ फ्लागशिप पफर्मर, मिडियाटेक डाईमन्सिटी ८१०० ५जी एसओसी १२ जिबी ¥याम २५६ जिबी स्टोरेजको साथ जोडिन ेछ । रियलमी जिटी नियो ३ ले ओआईएससँग ५० एमपी सोनी आईएमईएक्स ७६६ प्राईमरी सेन्सर, ८ एमपी अल्ट्रा–वाइड लेन्स र पछाडी २ एमपीम्याक्रो सेन्सर फिचर गर्नेछ साथै फ्रन्टमा सेल्फी भिडियो कलहरुको लागि १६ एमपी क्यामेरा हुनेछ ।
रियलमीले ‘रियलमी टेक लाइफ इकोसिस्टमलाई’ समृद्ध बनाउन थप नवीन प्रविधि उत्पादनहरुमा विकास गर्दै आएको छ ।