Media Network

सिभिल बैंक अक्वायर गर्दै हिमालयन बैंक, शुक्रबार एमओयू हुदै


खबरस्टोरी संवाददाता

२३ असार २०७९,बिहीबार

काठमाडौं । सिभिल बैंकका तत्कालिन अध्यक्ष इच्छाराज तामाङ यतबेला आफै बैंकिङ कसुरमा कारागारमा छन् ।

उनकै सोच र आईडियाले शुक्रबार मुर्त रुप लिने भएको छ ।सिभिल बैंकले हिमालयन बैंकसंग मर्जरका लागि शुक्रबार एमओयू गर्ने भएको छ ।

२ वर्ष अघि २५ रुपैयाँमा अक्वायर गर्न चाहेको हिमालयन बैंकले अहिले ८१ रुपैयाँमा राजी भएको छ । अहिले सिभिल बैंकका लगानीकर्ताहरुको दिन खुलेको छ । बैंकले २ वर्षमा आफ्नो वार्गेनिङ बढाएर ३५ रुपैयाँबाट ८१ रुपैयाँमा पुर्याउन सफल भएको छ ।

यता हिमालयन बैंकका सीईओ अशोक राणा १ महिना लामो विदेश बसाइ पश्चात अगाडि बढेको मर्जर प्रक्रिया १ सातामै टुङ्गोमा पुगेको हो । स्वाम मंगलबार साँझ फाइनल भएको र कर्मचारी समायोजनका कुरामा केही बाँकी रहेको सिभिल बैंक स्रोतले बताएको छ । केही प्रविधिक कुरा टुङ्ग्याएर शुक्रबार ३ बजे दुई बैंकको एमओयू हुनेछ ।

मर्जर प्रश्चात सिभिल बैंकका कोही संचालक रहने छैनन् भने कर्मचारी समायोजन सम्मानजनक रुपमा गर्ने सहमती भएको छ । आफ्नो पार्टरसंग मर्जर टुलेको नेपाल इन्भेष्टमेन्ट बैंकले मेगा बैंकलाई ९० रुपैयाँमा मर्ज गर्ने सहमती गरेपछि सिभिल बैंकले पनि हिमालयनसँग ८५ रुपैँया स्वाप मागेका थियो । अन्तमा बैंकको नाम संचालक समिति केही पनि नलिने सर्तमा सिभिल बैंकको १०० कित्ता सेयर बराबर हिमालयनको ८१ कित्ता हुनेगरी एमओयू हुन लागेको हो ।

मर्जर प्रश्चात राणा सीईओमा निरन्तर रहनेछन् भने सिभिल बैंकका सीईओ रहेका शुनिल पोखरेल मर्जर प्रश्चात डेपुटी सीईओ रहने सहमती भएको छ । हिमालयन बैंकमा सीईओ अशोक राणा रहेका छन् भने जिएमद्वय उज्ज्वल राजभण्डारी र अनुप मास्के रहेका छन् । मर्जर प्रश्चात पोखरेल डिसीईओ बन्ने पक्का भए पनि अन्य कर्मचारी कसरी समायोजन गर्ने भन्ने टुङ्गो लागेको छैन ।हिमालयन बैंकमा ३ एजिएम रहेका छन् । विपिन हाडा, सुनिल गोर्खाली र सतिसराज जोशी रहेका छन् भने सिभिल बैंकमा सीईओ पोखरेल डेपुटी सीईओमा पदोन्नती भएको छ। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद