Media Network

सिभिल बैंकको नयाँ वर्षको क्यालेण्डरमा “अद्वितीय नेपाल”


खबरस्टोरी संवाददाता

२९ चैत्र २०७८,मंगलवार

काठमाडौं । सिभिल बैंकले “अद्वितीय नेपाल” शिर्षकमा नेपाली नयाँ वर्ष २०७९को क्यालेण्डर सार्वजनिक गरेको छ । नेपालको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले सिभिल पर्यटकीय क्षेत्रहरु समेटिएको क्यालेण्डर निकालेको हो ।

कोरेना महामारीको कारण धराशायी भएको पर्यटन व्यवसायलाई यसले केही टेवा प्रदान गर्ने वैंकले विश्वास लिएको छ । कोरोना महामारीका कारण मानिसहरु लामो समयदेखि घुम्नबाट बन्चित भएको र नयाँ नया भ्रमण गन्तव्यहरुको खोजीमा हुने भएकाले यसमा थप टेवा पुग्ने पनि अपेक्षा गरिएको छ ।

नयाँ वर्षको क्यालेण्डरमा नेपालका नवीन अद्वितीय भ्रमण गन्तब्यहरु फाेक्सुन्डाे ताल, नार–फु उपत्यका, त्रिवेणी पाटन, पाँचपोखरी, गोल्डेन धाप, देउ ढुंगा, कञ्चनजंघा बेस क्याम्प, सगरमाथा, गोक्यो ताल, कोरी डाँडा, खुमाइ डाँडा र धो–तरपको फोटो तथा छोटो टिप्पणी समाविष्ट छन् ।

बैंककाअनुसार क्यालेण्डरका समावेश गरिएका तस्वीरहरु इमेज पसल डटकमबाट खरिद गरिएको तथा घुमन्तेद्वारा खिचिएको हो । क्यालेण्डरमा समाविष्ट गरिएका अद्वितीय भ्रमण गन्तब्यहरुले विद्यमान भ्रमण गन्तब्यमा मात्रै आफ्नो भ्रमणलाई सिमित नगरी नेपालको अन्य भ्रमण गन्तब्यहरुका बारेमा जानकारी दिने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले बताए ।

यसैबीच,  सिभिल बैंक डिबेन्चर २०८८ ऋणपत्र नेपाल स्टक एक्स्चेंजमा सुचिकृत भएको छ ।


सिभिल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेंज लिमिटेडबीच सिभिल बैंक लिमिटेडको १०.२५ प्रतिशत ब्याजदर भएको “सिभिल बैंक डिबेन्चर २०८८ ऋणपत्रको क्रम संख्या एकदेखि ३० लाख कित्ता ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल तथा नेपाल स्टक एक्स्चेंज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले हस्ताक्षर गरी सम्झौतापत्र आदानप्रदान गरेका थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद