Media Network

सिभिल बैंकले गऱ्यो एफ वन सफ्टसँग डिजिटल सम्झौता


खबरस्टोरी संवाददाता

४ फाल्गुन २०७८,बुधबार

काठमाडौं । सिभिल बैंक लिमिटेड र एफ वन सफ्ट इन्टरनेसनलबीच डिजिटल बैंकिङ सम्झौता भएको छ । ओम्नी च्यानल प्लेटफर्म सुचारु गर्दै डिजिटल बैंकिङ सेवा तथा सुविधाहरुलाई अझ बढी प्रभाकारी बनाउनको लागि  आज सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । उक्त सम्झौता पत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल र एफ वन सफ्ट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका हुन् । 

बैंकले मोवाइल बैकिङ्ग सुविधालाई अझ बढी सवल र सुदृढ बनाई ग्राहकहरुको सहज बित्तीय पहुँचलाई मध्यनजर गर्दै उक्त स्तरोन्नती गर्न लागेको हो । अब गरिने स्तरोन्नती पश्चात सिभिल बैंकका ग्राहकहरुले मोबाईल एप मार्फतनै बैंक खाता खोल्ने, पैसा पठाउने, खातामा पैसा जम्मा गर्ने, बैंक लोन लिने जस्ता सेवाहरुको उपयोग गरि सहज तथा सरल ढंगबाट आफुलाई आवश्यक बित्तीय सेवा उपभोग गर्न सक्नेछन् जुन आफैमा एक नौलो सुविधा प्रयोग गरिएको अनुभव प्रदान गर्ने खालको हुनेछ ।  त्यस्तै बैंकले हालसम्म करिब सात लाख ग्राहकलाई ११५ शाखाहरु, १० एक्सटेन्सन काउन्टरहरु तथा ९७ एटीएममार्फत सम्पूर्ण सेवा प्रदान गर्दै आएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद