Media Network

सिभिल क्यापिटल मार्केटको धमाका, सार्वजनिक विदामा पनि कार्यालय खुल्ने


खबरस्टोरी संवाददाता

१ जेष्ठ २०७९,आईतवार

काठमाडौं।  सिभिल क्यापिटल मार्केट लिमिटेडले सम्पुर्ण ग्राहकहरुको सेवा सुविधा र आवश्यकतालाई विशेष प्राथमिकतामा राखी अर्को सूचना नगरेसम्मका लागि २०७९ आषाढ मसान्तसम्म विभिन्न सेवाहरुमा बिशेष छुट दिने भएको छ । यस अन्तर्गत नँया डिम्याट खाता रजिष्ट्रेसन, पहिलो वर्षको नविकण शुल्कमा लाग्ने एक सय ५० रुपैंयाँ निःशुल्क गरिएको र मेरो शेयर खाता खोल्दा लाग्ने शुल्क ५० रुपैंयाँ भने कम्पनीले लिने जनाएको छ । 

त्यसैगरी पिएमएस र कर्पोरेट एडभाईजरी सेवामा समेत भारी छुट गरिएको प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले बताए । पिएमएस र कर्पोरेट एडभाईजरी सेवामा मिति २०७९ आषाढ मसान्तसम्म नयाँ कारोवार गर्दा हाल तोकिएको दरमा ५० प्रतिशतले छुट हुनेछ ।

विगत १३ बर्षदेखी सेवारत यस संस्थाले प्राथमिक शेयर निश्कासन, निक्षेप सदस्य, लगानी व्यवस्थापको कार्य, शेयर प्रत्याभुति र संस्थागत परामर्श सेवा लगायत पुजीँबजार सम्बन्धी सेवाहरु प्रदान गर्दै आईरहेको छ । शुरुदेखि हालसम्म आईपिओ ३० वटा, आरटिएस ३५ वटा, हकप्रद सेयर ३२ वटा, सेयर अक्सन २० वटा सहितका विभिन्न क्षेत्रका कम्पनीहरुको कार्य गरिसकेको छ । 

निकट भविष्यमा नै सामुहिक लागानी कोष शुरुवात हुने समेत प्रमुख कार्यकारी अधिकृतले बताए । यस संस्थाले दिईरहेको सेवाहरु जस्तै, निक्षेप सदस्य खाता खोल्ने, शेयर अभौतिकीकरण प्रक्रिया , लगानी व्यवस्थापको कार्यको सुझाव, आइपिओ परामर्श लगायतका सेवाहरु सिभिल बैंकको सातै प्रदेशमा रहेका सबै शाखाहरुबाट सहजरुपमा नै उपलब्ध हुने पनि निज ढुङ्गेलले बताए । यो योजना यहि २०७९ साल बैशाख ११ गते आइतवारबाट लागु भइरहेको छ ।

संस्थाले सन्ध्याकालिन सेवाको समेत विगत मिति २०७६ मंसिर २४ गतेदेखि संचालन गरिरहेको छ । आगामाी दिनहरुमा ग्राहकहरुको सुविधालाई मध्यनजर राख्दै संस्थाको कार्यशैली दु्रत गतिमा आधुनिकिकरण गर्दै ग्राहकवर्गहरुलाई नविनतम प्रविधियुक्त सेवा, सुविधा र परामर्श प्रदान गर्नका साथै निकट भविष्यमा नै डिपी खाता अनलाइन सेवा मार्फत खोल्न सकिने सुविधा दिन पनि संस्था लागिपरेको प्रमुख कार्यकारी अधिकृतले बताए । 

ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गर्दै आगामी मिति २०७९ जेष्ठ १ गते आइतवारबाट सार्वजनिक विदाका दिनहरुमा (शनिबार बाहेक) विहान ११ः०० बजेदेखि दिउंसो २ः०० बजेसम्म संस्थाको सम्पुर्ण सेवाहरु सुचारु हुने समेत प्रमुख कार्यकारी अधिकृतले बताए ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद