सांग्रिला डेभलपमेन्ट बैंकको १०७ औँ शाखा अब सल्यानको सल्लीमा


खबरस्टोरी संवाददाता
२८ माघ २०७८, शुक्रबार
सांग्रिला डेभलपमेन्ट बैंकको १०७ औँ शाखा अब सल्यानको सल्लीमा

काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीणका साथै सहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा सल्यानको सल्ली बजारमा शाखा सञ्चालनमा ल्यएको छ। 

बैंकले सल्ली बजार शाखा कार्यालय संचालनमाआए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास लिएको छ । योसँगै सांग्रिला बैंकको कुल शाखा संख्या १०७ पुगेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएको छ । यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकलाई अझ सरल र सहज तरिकाले बैंकिङ सेवा प्राप्त हुने बैंकले विश्वास लिएको छ ।