फोरममा देशभरका दुई सय पचास सहकारीका सञ्चालक, युवा उद्यमीहरु र प्रतिनिधिहरुको सहभागिता रहने महासंघका सञ्चालक तथा युवा फोरमका संयोजक सागर ढकालले बताउनुभयो । फोरममा युवा र उद्यमशीलता सम्बन्धी विभिन्न चार विषयमा छलफल र प्रस्तुती समेत हुने ढकालले जानकारी दिए । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघका गोविन्द घिमिरे, अष्ट्रेलियाका पूर्व राजदुत महेश दाहाल, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उपाध्यक्ष देवराज रोका लगायतले नेपालमा युवा र उद्यशीलता विषयमा कार्यपत्र प्रस्तुत गर्ने संयोजक ढकालले जानकारी दिए ।
सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्न सहयोग गर्नु गोष्ठिको प्रमुख उद्देश्य रहेको ढकालको भनाई छ । ‘युवाहरुलाई उद्यमशील बनाउने, मुलुकको आर्थिक विकास र समृद्धिमा सहभागीता र योगदान बढाउन फोरमले भमिका खेल्ने अपेक्षा हामीले गरेका छौैं’, संयोजक ढकालले भने, ‘फोरमले सहकारीको नीति निर्माणमा युवा सहभागिताको लागी दवाव सिर्जना गर्न र सहकारीमा नविन सोच, प्रविधिको विस्तार साथै युवा मैत्री वातावरण निर्माणमा फोरमले सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।’