Media Network

संजिव झा दुग्ध विकास संस्थानको महाप्रबन्धक नियुक्त


खबरस्टोरी संवाददाता

१५ चैत्र २०७८,मंगलवार

काठमाडौं । दुग्ध विकास संस्थानको महाप्रबन्धक पदमा संजिव झालाई नियुक्त भएका छन् । 

मन्त्रिपरिषदको निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले झालाई संस्थानको महाप्रवन्धक नियुक्त गरिएको जानकारी दिए  । 

यस्तै, मन्त्रिपरिषद् बैठकले बैठकले नेपाल राजस्व परामर्श बिकास समितिको सदस्यमा लेखनाथ शर्मा पंगेनी र जीवन अंगाईलाई नियुक्त गरेको छ । 

मन्त्रीपरिषद्ले लोकसेवा आयोग तथा न्याय सेवा आयोगको सिफारिसवमोजिम विभिन्न सेवा, समूहका राजपत्राङ्कित प्रथम श्रेणीका पदहरूमा नियुक्त तथा पदस्थापना गर्ने निर्णय गरेको छ ।

यसैगरी, बैठकले जापानका लागि नेपालका पूर्वराजदूत केदारभक्त माथेमालाई जापान सरकारबाट प्राप्त हुने सम्मान ग्रहण गर्न स्वीकृती दिने निर्णय गरेको पनि प्रवक्ता कार्कीले जानकारी दिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद