Media Network

सकारात्मक सर्किट लागेसँगै आजको सेयर कारोबार बन्द


खबरस्टोरी संवाददाता

२८ मंसिर २०७८,मंगलवार

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज (मंगलबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सकारात्मक सर्किट लागेर बन्द भएको छ । कारोबार शुरु भएको दुई घण्टा नबित्दै पाँच प्रतिशतले बढेर ४० मिनेटको लागि बन्द भएको नेप्से पुनः ६ प्रतिशतले बढेर बन्द भएको हो । 

यस अवधिमा नेप्से १३७.१८ अंकले बढेर दुई हजार चार सय १८ दशमलब ८५ विन्दुमा पुगेको छ । त्यस्तै, आज कारोबार रकम भने बढ्न सकेको छैन । यस अवधिमा एक अर्ब ८४ करोड २६ लाख बराबरको कारोबार भएको छ । 

आज कारोबार भएका कम्पनीमध्ये ७० कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेप्सेका अनुसार आज कारोबार भएका सबै समूहमा हरियाली छाएको छ भने दुई शेयरमूल्यमा उच्च गिरावट आएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद