Media Network

संकटमा आयल निगम– कोटा तोक्नेदेखि शनिबार सवारी साधन निषेधसम्मको प्रस्ताव


खबरस्टोरी संवाददाता

२० असार २०७९,सोमबार

काठमाडौं। यतिबेला देशको एकमात्र तेल सप्लाई गर्ने निकाय नेपाल आयल निगम संकटमा देखिएको छ । 

निगमले तत्कालका लागि संकट टार्न पेट्रोलियम पदार्थको खपत कम गर्न दुईपाङ्ग्रे र साना सवारीसाधनलाई पेट्रोल कम दिनेगरी प्रस्ताव अघि सारेको छ। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण वित्तीय स्थिति नाजुक भइरहेको भन्दै निगमले सरकारलाई पत्र लेखेर विभिन्न १० उपाय सिफारिस गरेको छ ।

‘बढीमा एकपटकमा मोटरसाइकललाई ५ लिटर, कार र जीपलाई २० लिटर मात्रै इन्धन उपलब्ध गराउने देखि लिएर शनिबार प्रमुख सहरमा सवारी साधन निषेध गर्न पनि सरकारलाई सुझाव समेत निगमले दिएको छ ।

निकट भविष्यमै इन्धन आपूर्ति प्रभावित हुन सक्ने चेतावनीसहितको गुनासोसमेत सरकारसमक्ष राखेको छ। 


यस्ता छन् निगमका सुझाव

– मोटरसाइकल र स्कुटरलाई एक पटकमा पाँच लिटर र कार÷जीप लगायत साना सवारी साधनलाई २० लिटर मात्रै इन्धन दिने।

– सरकारी र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने।

– आइतबार सार्वजनिक बिदा दिने निर्णय पुनः लागू गर्नुपर्ने।

– छोटा दूरीमा सवारी साधनको प्रयोग नगरी पैदल यात्रा गर्न आह्वान गर्ने।

– देशका प्रमुख सहरहरुमा प्रत्येक शनिबार गाडीरहित सार्वजनिक बिदाको घोषणा गर्ने।

– विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि गर्न प्रमुख सहर र राष्ट्रिय राजमार्गहरुमा निःशुल्क चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने।

– सार्वजनिक निजी पार्किङ स्थानमा विद्युतीय सवारी साधनका लागि निःशुल्क पार्किङस्थल तोक्नु पर्ने।

– पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन र अन्य उपकरण आयातमा प्रतिबन्ध लगाउनु पर्ने।

– एलपीजी ग्यासको खपत कम गर्न विद्युतीय चुल्हो सहुलियत दरमा बिक्री गर्न र घरायसी प्रयोजनको बिजुलीको शुल्क कम गर्नु पर्ने।

– ठूला उद्योग, परियोजना, होटल लगायतले डिजल र एलपीजी ग्यासको खपत नगरी बिजुलीको खपत गर्ने नियम बनाउनु पर्ने।


Share:
Reaction :
ताजा समाचार
खेलकुद