Media Network

सुन-चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?


खबरस्टोरी संवाददाता

९ जेष्ठ २०७९,सोमबार

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबारका लागि सुन-चाँदीको मूल्य सार्वजनिक गरेको छ । आज सुनचाँदीको मूल्य स्थिर रहेकाे छ ।

हिजो आइतबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज पनि सोहि मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

 महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। चाँदी मूल्य प्रतितोला १२७० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद