काठमाडौं । स्मार्टफोन निर्माता सामसुङले ‘वर्तमान भूराजनीतिक अवस्था’ लाई ध्यानमा राख्दै रुसमा आफ्ना फोन र चिप्सको बिक्री कार्य बन्द गरेको छ ।
अहिलेको जटिल अवस्थालाई नियाल्ने र त्यसपछि मात्र निर्णय लिने कम्पनीले जनाएको छ । युक्रेन–रुस युद्ध १० दिनदेखि जारी छ ।
दक्षिण कोरियाको सामसुङ रुसमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन ब्राण्ड हो । सामसुङपछि चीनको शाओमी र अमेरिकाको एप्पलले रुसमा सबैभन्दा बढी बिक्री गरेको छ ।
युक्रेनमा ६० मिलियन डलर सहयोग गर्ने घोषणा
सामसुङले रसियामा आफ्ना सामानको बिक्री रोक्नुका साथै युक्रेनमा जारी मानवीय राहत कार्यमा सहयोग गर्न ६० मिलियन डलर सहयोग गर्ने घोषणा गरेको छ ।
कर्मचारीहरू र इलेक्ट्रोनिक्सबाट सङ्कलन गरिएको पैसा सहयोग गर्न लागिएको कम्पनीले जनाएको छ ।
यसअघि शुक्रबार माइक्रोसफ्टले रुसमा आफ्ना सामानको बिक्री रोकेको थियो ।
हर्मेस, केरिङ र च्यानल जस्ता विलासी सामान बनाउने धेरै फ्रान्सेली कम्पनीहरूले पनि रूसमा आफ्ना पसलहरू बन्द गरेका छन् । यसै क्रममा काल्र्सबर्ग बियर बनाउने डेनमार्कको कम्पनीले पनि रुसमा निर्यात बन्द गरेको छ ।