Media Network

सुन तोलाको ९२ हजार


खबरस्टोरी संवाददाता

१९ मंसिर २०७८,आईतवार

काठमाठाैँ । सुनचाँदी बजारमा साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएको छ । 

अघिल्लो दिन प्रतितोला रु ९१ हजार ३०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ७०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ५०० कायम भएको छ। 

जसको मूल्य गत शुक्रबार प्रतितोला रु ९० हजार ८०० तोकिएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले बढेर रु १ हजार २०० तोकिएको महासंघले जनाएको छ । 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ७८३ डलर आसपास कारोबार भइरहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद