Media Network

सुन तोलामा एक हजार ६०० ले वृद्धि, कतिमा हुँदैछ कारोबार ?


खबरस्टोरी संवाददाता

१६ फाल्गुन २०७८,सोमबार

काठमाण्डौँ । सुनको भाउ सोमबार  प्रतितोलामा एक हजार ६०० रुपैयाँको दरले बढेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी सोमबार तेजावी सुनको भाउ तोलाको ९७ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । 

चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँको दरले बढेको छ । आइतबार एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ३४० रुपैयाँमा  निर्धारण गरिएको छ ।

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद