सेन्चुरी हाइब्रिड बचत खाता न्यूनतम एक लाख रुपैयाँमा खोल्न सकिनेछ । यस खातामा बैंकले भिसा डेबिट कार्ड, इन्टरनेट बैंकिङ सेवा, मोबाइल बैंकिङ, डिम्याट र मेरो सेयर तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराएको जनाइएको छ ।
यस खाता कुनै पनि शाखाबाट खोल्न सकिने यस खातामा विभिन्न सेवाहरू विनाकुनै सर्त खाता सञ्चालन भएसम्म निःशुल्क उपलब्ध गराएकोे छ । बैंकले हाल देशभरमा १४५ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११५ एटिएममार्फत सेवा विस्तार गरिरहेको छ ।