सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


खबरस्टोरी संवाददाता
२४ जेष्ठ २०७९, मंगलवार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ  । आज नेपाली बजारमा सुनको  मुल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन  प्रतितोला ९७ हजार  ५ सयमा कोरोबार भैरहेको छ । सोमबार सुनको मुल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँमा कारोवार भैरहेको थियो । 

त्यस्तै आज चादीमा पनि १५ रुपैयाँले गिरावट आएको छ । मंगलबार चादी प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यासायी महासंघले जनाएको छ ।