Media Network

सुनचाँदीका मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?


खबरस्टोरी संवाददाता

२४ मंसिर २०७८,शुक्रबार

काठमाडौँ। सुनचाँदी बजारमा साताको अन्तिम कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले ओरालो लागेको छ । 

अघिल्लो दिन प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ९२ हजार २०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ७०० कायम भएको छ । बिहीबार यसको मूल्य प्रतितोला रु ९१ हजार ८०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार १८५ तोकिएको महासङ्घले जनाएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद