Media Network

सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार


खबरस्टोरी संवाददाता

१५ कार्तिक २०७८,सोमबार

काठमाडौँ। नेपालको सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला रु १०० ले बढेर छापावाल सुन प्रतितोला रु ९१ हजार ८०० कायम भएको छ । आइतबार उक्त सुन प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ३०० रहेकामा आइतबार प्रतितोला रु ९१ हजार २०० तोकिएको थियो ।महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर एक हजार २४५ कायम भएको छ । चाँदी आइतबार प्रतितोला रु एक हजार २४० मा कारोबार भएको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद