Media Network

सुनको भाउ : एक लाख दुई हजार ६ सय पुग्यो


खबरस्टोरी संवाददाता

२७ फाल्गुन २०७८,शुक्रबार

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ निरन्तर बढ्दै गएको छ । युक्रेन–रुस युद्ध शुरु भएपछि डलर र सुनको भाउ पनि बढ्दै गएको हो । अमेरिक, बेलायत जस्ता राष्ट्रले रुसलाई आर्थिक घेराबन्दी थालेपछि विश्वभर नै आर्थिक संकट चुलिँदै गएको छ । 

युक्रेन रुस युद्धकै कारण बढ्दै गएको सुनको भाउ शुक्रबार नेपालमा प्रतितोला ६ सय रुपैयाँले बढेको छ । 

छापावाल सुनको भाउ शुक्रबार तोलामा एक लाख दुई हजार ६ सय रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन तोलाको एक लाख दुई हजार रुपैयाँ कायम थियो । 

यस्तै, शुक्रबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।  

चाँदीको भाउ पनि शुक्रबार तोलामा १० रुपैयाँले बढेको छ । बिहीबार एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार चार सय १५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद