Media Network

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर


खबरस्टोरी संवाददाता

९ कार्तिक २०७८,मंगलवार

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले उकालो लागेको छ ।  स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु  ९२ हजार ६०० तोकिएको छ । उक्त धातु सोमबार प्रतितोला रु ९२ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँको सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ । 

महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य आज प्रतितोला रु ९२ हजार १०० रहेकामा सोमबार ९१ हजार ९०० थियो । महासङ्घका अनुसार आज चाँदीको मूल्य स्थिर रहेकाले   प्रतितोला रु एक हजार २६५ कायम छ । चाँदी सोमबार प्रतितोला सोही मूल्यमै कारोबार भएको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद