Media Network

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर


खबरस्टोरी संवाददाता

११ कार्तिक २०७८,बिहीबार

काठमाडौँ। नेपाली बजारमा आज (बिहिवार) सुनको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेको छ ।  स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु  ९२ हजार ४०० तोकिएको छ । पहेँलो धातु बुधबार प्रतितोला रु ९२ हजार कारोबार भएको थियो ।

 नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ९०० रहने छ जसको मूल्य बुधबार ९१ हजार ५०० तोकिएको थियो ।

त्यस्तै आज चाँदी प्रतितोला रु एक हजार २५० मा कारोबार हुने महासङ्घले जनाएको छ । चाँदी बुधबार प्रतितोला रु एक हजार २५० मा नै कारोबार भएको थियो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद