Media Network

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


खबरस्टोरी संवाददाता

२६ कार्तिक २०७८,शुक्रबार

काठमाडौँ। नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला रु ४०० ले उकालो लागेर रु ९४ हजार ४०० कायम भएको छ । पहेँलो धातु बिहीबार प्रतितोला रु ९४ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ९०० रहने छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार ५०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य बिहीबारका तुलनामा रु १५ ले उकालो लागेर एक हजार २८५ तोकिएकोे छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार २७० मा कारोबार भएको थियो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद