Media Network

सुनको मूल्य बढ्याे, कतिमा हुँदैछ कारोबार ?


खबरस्टोरी संवाददाता

५ माघ २०७८,बुधबार

काठमाडौँ। साताकाे चाैथाे दिन आज ( बुधवार) नेपाली बजारमा सुनकाे मूल्य एक सय रुपैयाँले बढेकाे छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँ कायम भएको छ ।

यसअघि मंगलबार छापावाल सुन तोलाको ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलाको ९२ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ प्रतितोला एक हजार ८५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला एक हजार ५५ रुपैयाँमा कारोबार भएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद