Media Network

सुनको मूल्य बढ्यो, तोलाको कति ?


खबरस्टोरी संवाददाता

२५ कार्तिक २०७८,बिहीबार

काठमाडौँ। नेपाली सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला रु एक हजार ३०० ले बढेको छ । सुनको मूल्य प्रतितोला रु ९४ हजार कायम भएको छ । बुधबार उक्त सुन प्रतितोला रु ९२ हजार ७०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० रहेको छ । बुधबार प्रतितोला रु ९२ हजार २०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य बुुधबारका तुलनामा रु २० बढेको छ । चाँदीको मूल्य रु एक हजार २७० कायम भएको छ । चाँदी बुधबार प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद