Media Network

सुनको मूल्यः एक लाख दुई हजार ८ सय रुपैयाँ


खबरस्टोरी संवाददाता

२९ फाल्गुन २०७८,आईतवार

काठमाडौँ । केही दिनयता सुनको मूल्य बढ्ने क्रम जारी रहेको छ । साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको २०० रुपैयाँले बढेर एक लाख दुई हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि, शुक्रबार सुन तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ ।  

चाँदीको भाउ पनि तोलमा १० रुपैयाँले बढेको छ । शुक्रबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४२५ रुपैयाँमा निर्धारण भएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद