Media Network

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


खबरस्टोरी संवाददाता

१ चैत्र २०७८,मंगलवार

काठमाडौँ। साताको तेस्रो कारोबार दिन आज (मंगलबार)सुनको भाउतोलामा दुई हजार तीन सय रुपैयाँले घटेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख पाँच सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।  सोमबार छापावाल सुन तोलाको एक लाख दुई हजार आठ सय रुपैयाँमा किनबेच भएकाे थियो ।

मंगलबार तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले घटेको छ । सोमबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ८० रुपैयाँमा निर्धारण भएको छ ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद