Media Network

सुनको मुल्य घट्यो, कतिमा हुदैँछ कारोबार ?


खबरस्टोरी संवाददाता

१४ चैत्र २०७८,सोमबार

काठमाडौँ । सुनको भाउ सोमबार चार सय रुपैयाँले घटेको  छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको एक लाख पाँच सय रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ २० रुपैयाँले घटेको छ । आइतबार एक हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार तीन सय ८० रुपैयाँ निर्धारण भएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद