Media Network

सुनको मूल्य घट्यो, तोलाको कति ?


खबरस्टोरी संवाददाता

१५ बैशाख २०७९,बिहीबार

 काठमाडौँ । सुनको मूल्य बिहीबार तोलामा एक हजार रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बधबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ तोकिएको छ । चाँदीको भाउ पनि प्रतितोलामा २० रुपैयाँले घटेको छ ।

बुधबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय २० रुपैयाँमा निर्धारण भएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद