Media Network

सुनको मूल्य घट्यो, तोलाको कति ?


खबरस्टोरी संवाददाता

१७ जेष्ठ २०७९,मंगलवार

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको भाउ घटेको जनाएको छ । महासंघले आज सुनको मूल्य प्रतितोलामा २०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको जानकारी दिएको हो । आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ कायम रहेको छ।

हिजो सोमबार छापावाल सुनको मूल्य ९८ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार ७०० रुपैयाँ थियो । यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ ।

हिजो सोमबार तोलामा १२ सय ८५ रुपैयाँ कारोबार मूल्य रहेको चाँदीको मूल्य आज १२ सय ७० रुपैयाँ छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद