Media Network

सुनको मूल्य प्रतितोला ९३ हजार ६००


खबरस्टोरी संवाददाता

४ पुष २०७८,आईतवार

काठमाडाैँ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार ६०० तोकिएको छ । 

अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ४०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार १०० कायम भएको छ, जसको मूल्य गत शुक्रबार प्रतितोला रु ९३ हजार ५०० तोकिएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु १ हजार २४५ तोकिएको महासंघले जनाएको छ । 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ७९८ डलर आसपास कारोबार भइरहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद