सुनको मूल्य ३०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?


खबरस्टोरी संवाददाता
२७ जेष्ठ २०७९, शुक्रबार
सुनको मूल्य ३०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं।  शुक्रबार सुनको मूल्य ३०० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ९८ हजार रहेको सुनको मूल्य शुक्रबार घटेर प्रतितोला ९७ हजार ७०० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार २०० रुपैयाँ कायम गरिएको छ । तेजाबी सुनको मूल्य पनि ३०० रुपैयाँले घटेको छ ।  

त्यस्तै आज चाँदी भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।