Media Network

सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?


खबरस्टोरी संवाददाता

२८ चैत्र २०७८,सोमबार

काठमाडौँ।  साताको दोस्रो कारोबार दिन  सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख एक सय रुपैयाँ कायम भएको छ । आइतबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको भाउ तोलाको ९९ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।  चाँदीको भाउ भने स्थिर छ । आइतबार एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कायम भएको महासंघले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद