Media Network

सुनको मूल्यमा गिरावट


खबरस्टोरी संवाददाता

२ माघ २०७८,आईतवार

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।यसैगरी, तेजावी सुन तोलाको ९१ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला एक हजार ५० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद