Media Network

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?


खबरस्टोरी संवाददाता

१२ कार्तिक २०७८,शुक्रबार

काठमाडौँ। नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा प्रतितोला रु ४०० ले गिरावट आएको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु  ९२ हजार तोकिएकामा बिहीबार प्रतितोला रु ९२ हजार ४०० मा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ५०० रहेकामा बिहीबार प्रतितोला रु ९१ हजार ९००मा कारोबार भएकोे थियो ।

यसैगरी  आज चाँदी बिहिबारको तुलनामा  प्रतितोला रु पाँच घटेर रु एक हजार २४५ कायम भएको  छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो । छापावाल सुन यो साताको मङ्गलबार अधिकतम रु ९२ हजार ६०० मा कारोबार भएको थियो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद