काठमाडौँ। साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले उकालो लागेको छ । यससँगै, आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९८ हजार २०० रुपैयाँ छ ।
हिजो आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार १०० रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । हिजो तोलामा १२ सय ८५ रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।