Media Network

सुनको मूल्यमा सामान्य वृद्धी,चाँदीको स्थिर


खबरस्टोरी संवाददाता

२ मंसिर २०७८,बिहीबार

काठमाडौँ। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले बढेर रु ९४ हजार ५०० कायम भएको छ । पहेँलो धातु बुधबार प्रतितोला रु ९४ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९४ हजार तोकिएको छ । बुधबार प्रतितोला रु ९३ हजार ८०० मा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबारमूल्यका तुलना स्थिर रहेको महासङ्घले जनाएको छ । बुधबार चाँदी प्रतितोला रु एक हजार २८० मा कारोबार भएको थियो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद