काठमाडौँ। नेपाल राष्ट्र बैकले सुनको दैनिक आयात कोटामा कटौती गरेको छ । यसअघि सुनको दैनिक आयात कोटा २० केजी तोकिएकोमा राष्ट्र बैंकले आईतबार परिपत्र जारी गर्दे सुनको दैनिक आयात कोटा हालको लागि १० केजीमा तोकेको हो ।
बाँणिज्य बैंक, राष्ट्रियस्तरका बिकास बैंक र अन्य निकायहरुको नाउँमा परिपत्र जारी गर्दे राष्ट्र बैंकले यो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । बिदेशी विनिमय नियमित गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ मा संसोधन गर्दे बिदेशी विनिमय (नियमित गर्ने) २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी सुनको दैनिक आयात कोटामा कटौती गरेको हो ।